‘मेरो ब्राको साइज भगवानले लिइरहेका छन्’, श्वेता तिवारीको बयानले बबाल

डिसी नेपाल
१३ माघ २०७८ १३:१८

काठमाडौं। टेलिभिजन अभिनेत्री श्वेता तिवारीले भगवानको विषयमा विवादित बयान दिएकी छिन् । अहिले श्वेता भोपालमा छिन् । उनी फेशनसँग सम्बन्धित वेब सिरिजको घोषणाको लागि स्टार कास्ट र प्रोडक्सन टिमको साथमा भोपाल गएकी हुन् । यो सिरिजको प्रमोशनको क्रममा श्वेताले यस्तो बोलिददिइन् जसका कारण बबाल मच्चिएको छ ।

प्रमोसनको क्रममा मंचमा एक डिस्कसन कार्यक्रममा मजाक गर्दै श्वेता तिवारीले विवादित बयान दिइन् । विवादित बयानमा श्वेताले भनिन् ‘मेरो ब्राको साइज भगवानले लिइरहेका छन् । श्वेताको यो बयानपछि बबाल मच्चिन सुरु भएको छ । श्वेताको भिडियो सामाजिक संजालमा तीब्र रुपमा भाइरल भइरहेको छ ।

मनिष हरिशंकरले निर्देशन गर्ने यो सिरिजका सबै स्टारहरु मिलेर भोपालमा प्रमोसनका लागि गएका थिए जहाँ श्वेता तिवारीले मजाकमा विवादित बयान दिइन् । भिडियो भाइरल भएपछि केही व्यक्तिहरुले यस किसिमको बयान दिएर श्वेताले आफूहरुको भावनामा ठेस पुर्याएको बताएका छन् । भोपालमा दिएको विवादित बयानपछि श्वेता तिवारीको कठिनाइ बढ्न सक्छ ।

मध्य प्रदेशका गृहमन्त्री डा. नरोत्तम मिश्राले श्वेताको विवादित बयानको संज्ञान लिएका छन् । पत्रकारहरुसँग कुरा गर्दै रनोत्तम मिश्राले भने ‘श्वेता तिवारीको बयान मैले सुनेको छु, देखेको छु । बयानको म निन्दा गर्छु । मैले भोपाल पुलिस कमिश्नरलाई जाँच गरेर छिटो एक रिपोर्ट मलाई दिन निर्देशन दिएको छु । त्यसपछि कारवाही गरिनेछ ।’

श्वेताको यो नयाँ वेब सिरिजको सुटिङ भोपालमा हुँदैछ । मनिष हरिशंकरले यसको निर्देशन गर्नेछन् । सिरिजको नाम शो स्टपर्स राखिएको छ । यो सिरिजमा रोहित रोय, कंवलजीत, सौरभ राज जैन र श्वेता तिवारी देखिँदैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *