समाजवादी प्रेस सङ्गठन सुर्खेतको अध्यक्षमा राना

डिसी नेपाल
१५ माघ २०७८ १८:४७

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन सुर्खेतको अध्यक्षमा देवबहादुर राना चयन भएका छन् । वीरेन्द्रनगरमा आज सम्पन्न भेलाले रानाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

भेलाले समितिको उपाध्यक्षमा युवराज पंगाली र चन्द्रा कँडेल, सचिवमा रजनी योगी, सहसचिवमा शङ्करकिशोर अभय र कल्पना ढेङ्गामगर, कोषाध्यक्षमा ओमबहादुर शाहीलाई चयन गरेको छ । त्यस्तै सदस्यमा गोपालप्रसाद शर्मा, वसन्त विक, आरती चौधरी र कालीबहादुर बोहोरा चयन भएका छन् । बाँकी चार सदस्य छिट्टै भने मनोनित गरिने अध्यक्ष रानाले बताए।

भेलामा सङ्गठनका केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेश इञ्चार्ज दुर्गा थापा, प्रदेश संयोजक यज्ञराज थापा, केन्द्रीय सदस्यहरू सूर्यप्रकाश कँडेल, दीपक बुढा, अमर सुनारलगायतको उपस्थिति थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *