युएइमा ब्यालेस्टिक मिसाइल प्रहार !
काठमाडौं। हुती विद्रोहीहरुले युएइमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको खबर सार्वजनिक भएको छ । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार हुती विद्रोहीहरुले युएइलाई निशाना बनाएर ब्यालेस्टिक मिसाइल हानेका थिए जसलाई युएइको वायुसेनाले बाटोमै नष्ट गरिदिएको छ ।
हुती विद्रोहीहरुले यो आक्रमण यस्तो समयमा गरेका छन् जतिबेला इजरायलका राष्ट्रपति आइज्याक हेरजोग युइएको ऐतिहासिक भ्रमणमा छन् । युएइको सरकारी समाचार एजेन्सी डब्लुएएमलाई दिएको बयानमा त्यहाँको रक्षा मन्त्रालयले यो आक्रमणमा कोही हताहत नभएको र ब्यालेस्टिक मिसाइलका अवशेष आवासीय क्षेत्रभन्दा बाहिर खसेको बताएको छ ।
UAE MOD Joint Operations Command announces at 00:50 UAE time the destruction of platform for ballistic missile launched from Al-Jawf, Yemen towards UAE. Missile was intercepted at 00:20 by air defences. Video of successful destruction of missile platform and launch site pic.twitter.com/CY1AoAzfrp
— وزارة الدفاع |MOD UAE (@modgovae) January 30, 2022
बयानमा भनिएको छ ‘युएइको वायुसेना र कोलिसन कमाण्ड (यमनमा हुती विद्रोहीहरुसँग लडिरहेको अरब देशहरुको गठबन्धन सेना) ले ब्यालेस्टिक मिसाइल जसरी प्रहार गरिएको थियो त्यसलाई पत्ता लगाएर त्यसलाई सफलतापूर्वक नष्ट गरिदिएको छ ।’ एक ट्वीटमा युएइको रक्षा मन्त्रालयले यमनको अल जवाफको ब्यालेस्टिक मिसाइल लञ्च प्लेटफर्मलाई स्थानीय समयअनुसार बिहान १२.५० बजे नष्ट गरिएको बताएको छ र यसलाई नष्ट गरिएको भिडियो पनि शेयर गरेको छ ।
मन्त्रालयले बयानमा कुनै पनि खतराको सामना गर्न तयार रहेको बताउँदै कुनै पनि आक्रमणबाट युएइको रक्षाको लागि सबै आवश्यक कदम उठाइने बताएको छ । सरकारी बयानमा युएइका जनतासँग मिसाइल आक्रमणका विषयमा सरकारी अधिकारीको हवालाबाट आएका समाचारमा मात्र विश्वास गर्न अपिल गरिएको छ । यही बीच युएइको नागरिक उड्डयन प्रशासनले एयर ट्राफिक सामान्य भएको र यात्री उडान सेना पहिलेजस्तै जारी रहेको बताएको छ ।







डिसी नेपाल







Facebook Comment