मिस अमेरिकाको उपाधि जितेकी सुन्दरीले ६० तला माथिबाट हाम्फालिन्, यस्तो नोट छोडेर गइन्
काठमाडौं। २०१९ मा मिस युएसएको उपाधि जितेकी अमेरिकी सुन्दरी चेस्ली क्रिस्टले ६० तला माथिबाट हाम्फालेर आत्महत्या गरेकी छिन् । उनले मृत्युभन्दा पहिले इन्स्टाग्राममा एउटा पोस्ट लेखेकी थिइन् । चेस्लीले मानसिक स्वास्थ्यका विषयमा लगातार आफ्नो कुरा राखिरहन्थिन् ।
मिडिया रिपोर्टअनुसार चेस्लीले अमेरिकाको स्थानीय समयअनुसार बिहान ७ बजेर १५ मिनेटको समयमा म्यानहट्टनमा संदिग्ध रुपमा आत्महत्या गरेकी हुन् । ६० तले ओरियल बिल्डिङमा उनको ९ औं तलामा अपार्टमेन्ट थियो । उनलाई पछिल्लो पटक बिल्डिङको २९ औं तलामा देखिएको थियो ।
२०१९ मा चेस्लीले नर्थ क्यारोलिनाको प्रतिनिधित्व गर्दै मिस अमेरिकाको उपाधि जितेकी थिइन् । उनी मोडलिङका साथै पेशाले वकिल पनि थिइन् । उनले नर्थ र साउथ क्यारोलिनामा वकालतको अभ्यास पनि गरिरहेकी थिइन् । उनी सोसल र क्रिमिनल स्टिस पुनर्संरचनाको पक्षधर थिइन् ।
View this post on Instagram
२०१९ मा मिस अमेरिका बनेपछि चेस्ली एक्स्ट्रा नामको शोकी रिपोर्टर पनि बनेकी थिइन् । उनी मानसिक स्वास्थ्यबारे मुखर थिइन् र उनले यसबारेमा कैयौं अन्तरवार्तामा बोलिसकेकी थिइन् । मृत्युभन्दा पहिले उनले इन्स्टाग्राममा ‘यो दिनले तपाइँको लागि आराम र शान्ति ल्याओस्’ भनेर लेखेकी थिइन् ।
पुलिसले उनको घरमा सुसाइड नोट पनि फेला पारेको छ । नोटमा उनले आफ्ना सबै कुरा आफ्नी आमा अप्रिल सिम्पकिन्सको नाममा गरिदिन भनेकी छिन् । उनले आत्महत्या किन गरिन् भन्ने कुरा भने नोटमा लेखेकी छैनन् ।
उनको लिंक्डइन प्रोफाइलको बायोमा उपलब्ध जानकारी अनुसार उनले वेक फरेस्ट युनिभर्सिटी स्कुल अफ ल इन विन्स्टन सलेमबाट अध्ययन गरेकी थिइन् । उनले ग्रयाजुएसन युनिभर्सिटी अफ साउथ क्यारोलिनाबाट गरेकी थिइन् ।







डिसी नेपाल







Facebook Comment