उत्तर कोरियाले मिसाइल परीक्षणको अन्तरिक्षबाट लिइएको तस्वीर जारी गर्यो, के हो यसको सन्देश ?
काठमाडौं। उत्तर कोरियाको सरकारी मिडियाले तस्वीर जारी गर्दै २०१७ पछि अहिलेसम्मको सबैभन्दा ठूलो मिसाइल परीक्षण गरिएको बताएको छ । अन्तरिक्षबाट लिइएको तस्वीरमा कोरियाली प्रायद्विपको केही भाग र आसपासका क्षेत्र देखिएका छन् । उत्तर कोरियाले यो ब्यालेस्टिक मिसाइल मध्यम पूरीको ह्वासोंग–१२ भएको बताएको छ । दक्षिण कोरिया र जापानका अनुसार मिसाइल २ हजार किलोमिटर उचाइसम्म पुगेपछि जापान सागरमा खस्यो । दुवै देशले यो परीक्षणको निन्दा गरेका छन् । उत्तर कोरियाको यो महिना यो सातौं परीक्षण हो ।
मिसाइल परीक्षणको तस्वीर त्यहाँको सरकारी समाचार एजेन्सी केसीएनएले जारी गरेको हो । मिसाइलमै क्यामेरा फिट गरिएको र त्यसैले तस्वीर पठाएको बताइएको छ । दुई तस्वीर परीक्षणको दौरानका र अन्य तस्वीर बीचका छन् जो माथिबाट लिइएका छन् । जापान र दक्षिण कोरियाका अधिकारीहरुले मिसाइलले ३० मिनेटमा ८०० किलोमिटरसम्मको उडान भरेको अनुमान गरेका छन् ।
उत्तर कोरियामा मिसाइल परीक्षणको घोषणा त्यहाँको सरकारी मिडियाले आम रुपमा भोलिपल्ट गर्छ । सोमबार केसएिनएले मिसाइल परीक्षण सफल भएको बताएको छ । परीक्षणका बेला त्यहाँका शासक किम जोंग उन परीक्षणस्थलमा नभएको बताइएको छ । उत्तर कोरियाली मिडियाका अनुसार यो परीक्षण अधिक उचाइमा उत्तरी पश्चिमी क्षेत्रबाट पूर्वी कोरियाली सागरतर्फ गरियो । केसीएनएले यो परीक्षण छिमेकी देशबाट सुरक्षाको लागि भएको बताएको छ ।
उत्तर कोरियाले यो महिना गरेको यो सातौं परीक्षण हो । उत्तर कोरियाको मिसाइल कार्यक्रमको लागि जनवरी महिना निकै व्यस्त रह्यो । विशेषज्ञका अनुसार यसको पछाडि कैयौं कारण छन् । यसमा वैश्विक र क्षेत्रीय शक्तिहरुलाई एक राजनीतिक सन्देश दिनु छ र साथमा किम जोंग उन अमेरिका समर्थित परमाणु वार्ताबा दबाब बनाउन चाहन्छन् । यो वार्ता लामो समयदेखि रोकिएको छ । यसका अलावा नयाँ इन्जिनियरिङ र सैन्य कमाण्ड सिस्टमको परीक्षणका व्यवहारिक आवश्यकता पनि छन् ।
परीक्षणको समय पनि निकै अहम छ । तीनमा शीतकालीन ओलम्पिक सुरु हुन गइरहेको छ र दक्षिण कोरियामा मार्चमा राष्ट्रपतिको चुनाब छ । यसका अलावा अमेरिकी प्रतिबन्धका कारण उत्तर कोरियाको अर्थव्यवस्था कमजोर भएको छ र यही बेला मिसाइल परीक्षण अचानक बढेका छन् । ट्रोय युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्धका लेक्चरर डा. डेनियल पिंकस्टनले बीबीसीसँग भने ‘उत्तर कोरिया शायद ठूला शक्तिहरु चीन, अमेरिका, संयुक्त राष्ट्र सुरक्षा परिषद र क्षेत्रीय विरोधीहरुलाई सन्देश दिइरहेको छ ।’
उनले भने ‘एक महिनामै दक्षिण कोरियामा राष्ट्रपति चुनाब छ । त्यसैले यो दक्षिण कोरिया र उसका आउने राष्ट्रपतिलाई तर्साउने उनीहरुको पुरानो व्यवहार जस्तै हो ।’ विश्लेषकका अनुसार यो महिनाको सुरुवातमा मिसाइल परीक्षणबाट प्रस्ट भएको छ कि उत्तर कोरिया प्रविधि विकसित गरिरहेको थियो जसबाट अमेरिका र जापानका महंगा र जटिल मिसाइल डिफेन्स सिस्टमको सामना गर्न सकियोस् ।
दक्षिण कोरियाका पूर्व नेवी कमाण्डर प्रोफेसर किम डोंग युपले भने ‘उनीहरु प्रतिरोधक क्षमता विकसित गर्न चाहन्छन् । उत्तर कोरियाको लक्ष्य आक्रमण गर्ने होइन बरु आफ्नो सुरक्षा गर्नु हो । यो देश आफ्नो प्रतिरोधक क्षमता चुस्त राख्न चाहन्छ ।’ २०१८ मा किम जोंग उनले इन्टरकन्टिनेन्टर ब्यालेस्टिक मिसाइल परीक्षणमा रोकको घोषणा गरेका थिए । तर, २०१९ मा उनले यो रोकमा लामो समय कायम रहन नसकिने बताएका थिए ।







डिसी नेपाल







Facebook Comment