पोर्चुगलमा सोसलिष्ट पार्टी बन्यो सबैभन्दा ठूलो दल, एन्टिनियो कोष्टानै प्रधानमन्त्रीमा दोहोरिने सम्भावना
लिस्वन । पोर्चुगलको सोसलिस्ट पार्टी (पीएस) ले आइतबारको संसदीय चुनावमा जीत हात पारेको छ । तर प्राप्त मत अनुसार सोसलिस्ट पार्टीले एक्लै सरकार बनाउन सक्ने अवस्था भने देखिएको छैन ।
९८.७ प्रतिशत भन्दा बढी मत गणनामा, प्रधानमन्त्री एन्टोनियो कोस्टाको नेतृत्वमा रहेको पीएसले ४१.६९ प्रतिशत मत प्राप्त गरेको छ, जुन निकटतम प्रतिद्वन्द्वी, सामाजिक लोकतान्त्रिक पार्टी (पीएसडी) भन्दा १३ प्रतिशत अंकले बढी हो ।
दुई महिना अघि सरकारको खर्च विधेयकलाई सांसदहरूले अस्वीकार गरेपछि राष्ट्रपतिले संसद भंग गरेर चुनावको घोषणा गरेका थिए ।
कोभिड १९ महामारीको बावजुद २०१९ को तुलनामा नौ प्रतिशत अंक बढी अर्थात ५७.८ प्रतिशतले मतदान गरेको यहाँको निर्वाचन आयोगले जानकारी दियो ।
गत आइतबार मानिसहरूलाई आफ्नो मतदान गर्न अनुमति दिन प्रारम्भिक मतदान रोल आउट गरिएको थियो । क्वारेन्टाइनमा रहेका मानिसहरूलाई अन्य व्यक्तिहरूसँगको सम्पर्क कम गर्न दिनको अन्त्यमा मात्र मतदान केन्द्रहरूमा उपस्थित हुन भनिएको थियो ।
सोसलिस्ट पार्टीले २०१९ को तुलनामा करिब ५ प्रतिशत बढी मत प्राप्त गरेको छ । यसले २०१९ मा ३६.७ प्रतिशत पाएको थियो भने यस पटक ४१.७ प्रतिशत रहेको प्रारम्भिक परिणाम रहेको छ ।
त्यसबेला, यसले उनीहरूलाई १०८ सिट दिएको थियो – जुन २३० सिट भएको विधानसभामा बहुमत ल्याउन पर्याप्त थिएन।
त्यसकारण यसले वाम गठबन्धन (बीई) र कम्युनिष्ट गठबन्धन (पीसीपी\पीईभी) मा एकपटक फेरि भर पर्नु पर्ने हुन सक्छ । जसले नोभेम्बरमा वार्षिक राज्य बजेट र सार्वजनिक स्वास्थ्य खर्चको बारेमा असहमतिमा आफ्नो समर्थन फिर्ता लिएपछि संसद विघटन गर्नुपरेको थियो ।







डिसी नेपाल







Facebook Comment