उत्तर कोरियाको सातौं मिसाइल परीक्षणपछि अमेरिका ब्याकफुटमा, बाइडेनले गरे यस्तो प्रस्ताव

डिसी नेपाल
१८ माघ २०७८ १६:१९
3.4k
Shares

काठमाडौं। उत्तर कोरियाले गरेको आफ्नो सबैभन्दा ठूलो मिसाइल परीक्षणको असर प्रस्ट रुपमा देखिन थालेको छ । सोमबार बिहान गरिएको ब्यालेस्टिक मिसाइल परीक्षणपछि अमेरिकी राष्ट्रपतिले उत्तर कोरियासँग बिना शर्त वार्ता गर्न चाहेको बताएका छन् । यससँगै उत्तर कोरियाको मिसाइल परीक्षणले अमेरिकामाथि दबाब बढेको प्रस्ट देखिएको छ । उत्तर कोरियाले अहिले गरेको मिसाइल परीक्षण २०१७ पछिको सबेभन्दा ठूलो भएको बताइएको छ ।

जानकारहरुका अनुसार उत्तर कोरिया यतिबेला आफूलाई निकै बलियो अवस्थामा भएको मानिरहेको छ किनकि अमेरिका महामारी र रुस–युक्रेन विवादमा अल्झिएको छ । यस्तोमा उत्तर कोरिया छिटोभन्दा छिटो आफ्नो लक्ष्यमा पुग्न चाहन्छ । जानकारहरुका अनुसार उत्तर कोरिया आफ्ना मिसाइललाई विश्वले एक शक्तिको रुपमा मानोस् भन्ने चाहन्छ ।

उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएले मिसाइल परीक्षणका तस्वीर सार्वजनिक गरेको छ । यसमा यो २०१७ पछिको सबैभन्दा ठूलो मिसाइल परीक्षण भएको भनिएको छ । एजेन्सीले जारी गरेका तस्वीरमध्ये केही तस्वीर मिसाइलमा जडित क्यामेराबाट लिइएका छन् । जारी तस्वीर केही लञ्चको समयका छन् भने केही अन्तरिक्षबाट लिइएका छन् । यी तस्वीरमा कोरियाली प्रायद्विपको क्षेत्र देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *