युएइमा कर्पोरेट कर लागू गरिँदै, व्यवसाय गर्ने नेपालीहरु प्रभावित हुने
काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएइ) ले खाडी क्षेत्रमा आफूलाई अगाडि राख्नको लागि लगातार नयाँ परिवर्तन गरिरहेको छ । यही क्रममा अब युएइको कर्पोरेट कर लाग्ने भएको छ । युएइको अर्थ मन्त्रालयले सोमबार गरेको घोषणामा देशले आफ्नो आयमा विविधता ल्याउनका लागि २०२३ को मध्यदेखि कर्पोरेट कर लगाउने बताइएको छ । मन्त्रालयको तर्फबाट जारी बयानमा लामो समयदेखि ट्याक्स हेवन र बहुराष्ट्रिय कम्पनीहरुको क्षेत्रीय मुख्यालयको रुपमा परिचित युएइमा अर्को वर्षको जूनदेखि ३ लाख ७५ हजार दिरामभन्दा धेरैको व्यापारमा ९ प्रतिशत लाभ कर लगाइने बताइएको छ ।
युएइको समाचार एजेन्सी डब्लुएएमका अनुसार युएइको कर्पोरेट ट्याक्स व्यवस्था विश्वमै सबैभन्दा प्रतिस्पर्धी हुनेछ । विश्वभरी जति कर्पोरेट ट्याक्स लिइन्छ युएइको ती सबैभन्दा कम ९ प्रतिशत हुनेछ । मन्त्रालयले रियल स्टेट वा अन्य लगानीबाट व्यक्तिगत आयकर वा पूँजीगत लाभमा कर लगाउने कुनै योजना नभएको स्पष्ट पारेको छ । युएइ प्रमुख तेल निर्यातक हुनुका साथै व्यापार, परिवहन र पर्यटनमा पनि प्रमुख देश हो । उसले कच्चा तेलमा निर्भरता कम गर्नको लागि कर्पोरेट ट्याक्स लगाउन लागेको हो ।







डिसी नेपाल







Facebook Comment