८ सय ६० म्यानपावर कम्पनीको वर्गीकरण गर्दै श्रम मन्त्रालय
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ सय ६० वटा वैदेशिक रोजगार प्रदायक संस्था (म्यान पावर कम्पनी)को वर्गीकरण गर्ने भएको छ ।
वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वर्गीकरण गर्नका लागप सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न पोखरेलको नेतृत्वमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा ‘मेनपावर कम्पनी’का प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठन गरिएको हाे।
सो कार्यदलले ‘म्यानपावर कम्पनी’ लाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सूचक तयार गर्नेछ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment