नयाँ वर्ष मनाउँदै शौका समुदाय

डिसी नेपाल
२७ माघ २०७८ २०:३६

दार्चुला । दार्चुलामा मात्रै बसोबास रहेको शौका समुदायले बिहीबार नयाँ वर्ष मनाउँदैछ छ । ब्यास गाउँपालिका १ छाङरुको शौका समुदायले आज गबला पर्व मनाइरहेको व्यास गाउँपालिका १ का वडाध्यक्ष अशोक सिंह बोहराले बताए । शौका समुदायले नयाँ वर्ष आवागमनको रूपमा गबला पर्व मनाउने गरेको छ ।

दार्चुलाको व्यास गाउँपालिका १ तिंकर र छारुङ, वडा नम्बर २ को पार्ला, दुम्लीङ तथा अपी हिमाल गाउँपालिका ६ सीतोलामा शौका समुदायले बसोबास गर्छन् । सासंकृतिक रूपमा धनी शौका समुदायको छुटै बोली र भेसभुसा रहेको छ ।

गबला पर्व मनाएपश्चात् मात्रै विवाह, व्रतबन्ध जस्ता शुभकार्य गर्ने परम्परा रहेको छ । गबला पर्व मनाउनु पूर्व साइत जुराएर ‘धच्र्यु चुमो’ गर्ने परम्परा रहेको छ । शौका समुदायको भाषामा धच्र्यू चुमो भनेको बाँसको लिंगोमा ध्वाजा लगाएर घरघरमा ठड्याउने गरिन्छ ।

शौका समुदायभित्र पनि अन्य शौका समुदायले फरक–फरक तिथिमा गबला पर्व मनाउने गरेका छन् । गबला पर्व मनाउने तिथि अनुसार शौका समुदायले आफ्नो नयाँ वर्ष मनाउँछन् । छाङरुमा रहेको शौका समुदायले माघ शुक्ल नवमी तिथि तिंकरमा रहेको शौका समुदायले पुस पूर्णिमा तिथि र सितो लामा रहेको शौका समुदायले माघ शुक्ल पञ्चमीका दिन गबला पर्व मनाउने गरेको वडाध्यक्ष बोहराले बताए ।

शौका समुदायको भेसभुसा, खानपिन, रहनसहन, धार्मिक संस्कार भने एउटै छ । गबला पर्वमा यी तीनवटै समुदायले प्राकृतिक देवताको पूजा गर्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *