लघुकथा समाजद्वारा पौडेल र भण्डारीलाई सम्मानको घोषणा

डिसी नेपाल
२८ माघ २०७८ १५:२०
44
Shares

काठमाडौं। लघुकथा समाज नेपालले बर्सेनी प्रदान गर्दै आएको दुई सम्मानहरूको घोषणा गरेको छ। समाजको केन्द्रीय कार्यसमितिको भर्चुअल बैंठकले ‘सावित्री-केशर कथा सम्मान २०७८’, ३० को दशकदेखि कथा लेखनमा क्रियाशील कथाकार मधुवन पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ। सो सम्मानकासाथ २१ हजार रुपैयाँ नगद राशि प्रदान गरिने पनि जनाइएको छ।

समाजले ‘बाटुली-खिलध्वज लघुकथा सम्मान २०७८’ लघुकथा लेखनमा लामो समयदेखि सक्रिय लघुकथाकार हरिप्रसाद भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त सम्मानकासाथ पनि नगद राशि २१ हजार रुपैयाँ प्रदान गरिने समाजले जनाएको छ।

कथाकार मधुवन पौडेलले ३०को दसकदेखि नै साहित्य लेखनमा हात हालेका हुन्। कुटनीतिक सेवामासमेत रहेका पौडेलको ‘नलिनी भाउजु’, ‘म र मेरो परिवेश’, ‘चपाएको दन्त्यकथा’, ‘बाँच्नुको विवशता’लगायतका कथासंग्रह प्रकाशित छन्।

लघुकथाकार भण्डारीका तीन वटा लघुकथाकृति प्रकाशित भइसकेका छन् भने उक्त कृतिसहित उनका करिब ११ वटा विभिन्न विधाका कृति प्रकाशनमा आइसकेको छ।

विनय कसजुका लघुकथामा व्यंग्य विषयमा एम.फिल गरेका भण्डारी नेपाली लघुकथामा व्यग्य विषयमा विद्यावारिधि गर्दैैछन्। उक्त दुवै सम्मान परिस्थिति सहज हुनासाथ प्रदान गरिने समाजले जानकारी गराएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *