अधिकारको सीमाभित्रै रहेर जनभावना अनुसार काम गर्छुः प्रदेश प्रमुख जोशी

डिसी नेपाल
२८ माघ २०७८ १८:२५

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले संविधानले दिएका अधिकार प्रत्यायोजन गर्दै जनताका गुनासालाई पनि सम्बोधन गरिने बताएका छन् ।

शुक्रबार धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश प्रमुख जोशीले संविधानले दिएका अधिकारभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने बताए । तर, आफूले सक्रिय राजनीतिमा रहेकै वेला प्रदेश प्रमुखको जिम्मेवारी पाएको भन्दै उनले जन अपेक्षालाई बेवास्ता गर्न नसकिने बताए ।

प्रदेश प्रमुख जोशीले भने, ‘सक्रिय राजनीतिमा रहेका बारण जनताले मप्रति अपेक्षा गर्नू स्वाभाविक हो । ती आकांक्षालाई बेवास्ता गरिने छैन । अधिकारको सीमामा रहेर उनीहरूका भावना समेट्ने प्रयत्न गर्ने छु ।’ आफू प्रदेशकै नागरिक भएको बताउँदै उनले आफ्नो क्षेत्रको विकासबारेमा सोच्नु कर्तव्य हुने बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *