नेपालमा सुनसँग मर्करी कसरी आयो ?

डिसी नेपाल
१ फागुन २०७८ ८:३८

काठमाडौं। सुन तस्करीका विविधि रुप मध्य गत साता त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनमा भेटिएको मर्करी रसयनबाट नेपालमा मर्करी तस्करी हुन थालेको हो भन्ने प्रश्न उठेको छ। गत हप्ता दुवईबाट आएका एक भारतीयबाट बरामद गरिएको सुनमा १९ प्रतिशतमात्र सुनको हिस्सा रहेको बाँकी सबै मर्करी भेटिएको थियो।

‘१९ प्रतिशत सुन रहेछ बाँकी मर्करी भेटिएको छ यो निकै अनौठो भो नेपालमा मर्करीको आवश्यकता पनि छैन नआउनु पर्ने हो तर कसरी सुनमा मर्करी आयो’, विमानस्थलका एक अधिकारीले भने। स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको ल्यावमा परीक्षण गर्दा १९ प्रतिशत मात्र सुन देखिएको हो। ती भारतीय नागरिकको साथबाट ६ सय ५० ग्रामको सिक्री भेटिएको थियो।

त्यसलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। सुरुमा सुन भनेर काट्दा भित्रपट्टि सेतो देखिएपछि यसलाई ह्वाइट गोल्ड हो कि भनेर अनुमान गरिएको थियो। तर पछि मर्करी भेटिएको थियो। तर, ती भारतीयले भने आफ्नो सुन सक्कली नभएको बताउँदै आएका थिए। सुनको लेपनमा ८१ प्रतिशत मर्करी कसरी आयो भन्ने बारेमा भन्सार कार्यालय र नेपाल प्रहरी पनि अचम्मित भएको छ।

‘मैले थाह पाएसम्म सुनमा यसरी मर्करी आएको पहिलो पटक हो, यो रसायन मिश्रित मर्करी नेपालमा खास काम छैन किन आयो यो विषयमा अनुसन्धान गर्नुपर्ने अवस्था आएको छ’, विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले भने। प्रायः विदेशबाट आउँदा काँचो सुन १ सय ग्रामभन्दा बढी ल्याउन पाइँदैन । गहना पनि २ सय ५० ग्राम अधिकतम कोटा निर्धारित छ।

ती भारतीयले ल्याएको सुन नेपालमा प्रचलित तौल भन्दा बढी देखिएपछि भन्सार कार्यालयले जफत गरेको छ। नेपालले सन् २०१३ मा मर्करी जस्ता विषाधि रसायनको उचित व्यवस्था गर्ने प्रतिवद्धता जनाउँदै ‘मिना माता महासन्धि’मा हस्ताक्षर गरेको थियो। त्यसयता नेपालमा मर्करी ल्याउन र किनबेच गर्न प्रतिबन्ध छ।

त्यसअघि पनि रेडियो तथा केही उपकरणहरुमा मर्करी रहेको भन्दै अफवाह फैलिएको र रेडियोभित्र रहेको मर्करीको ठूलो रकम प्राप्त हुने हल्ला गरिएपछि त्यसको तस्करी हुनसक्ने आँकलन गरिएको थियो। तर गत साता नेपालका आएको मर्करी अञ्जानमा ल्याइएको हो कि तस्करीकै लागि ल्याइएको हो भन्नेबारेमा सरकारी निकायले कुनै धारणा सार्वजनिक गरेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *