भरुवा बन्दुकसहित दुई जना पक्राउ

डिसी नेपाल
१ फागुन २०७८ १५:२२

काठमाडौँ। कपिलवस्तु, बाणगंगा नगरपालिका–२ मनकामना सामुदायिक वनबाट दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा अर्घाखाँची सितगंगा नगरपालिका–१४ का ५० वर्षीय वीरबहादुर सोमै र २८ वर्षीय खेमु मगर छन् ।

जंगलमा केही व्यक्ति बन्दुकसहित हिँडिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले वी बहादुरलाई एक थान र खेमुलाई लोडेड अवस्थामा रहेको एक थान भरुवा बन्दुकसहित फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीको आवश्यक अनुसन्धान जारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *