५२१ जना कोरोना सङ्क्रमित थपिए, १० जनाको मृत्यु

डिसी नेपाल
१ फागुन २०७८ १६:२९

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ११५ जनामा परीक्षण गर्दा ५२१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ३७ जनामा पीसीआर परीक्षण गरिएकोमा ४२७ जनामा र ४ हजार ७८ जनामा एन्टीजेन परीक्षण गर्दा ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५६ हजार १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ३ हजार ९३५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८९२ पुगेको छ ।

यसैगरी देशमा हालसम्म २२ हजार ५८४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *