कास्कीमा दूध तथा दुग्ध पदार्थको मूल्य वृद्धि

डिसी नेपाल
१ फागुन २०७८ २२:३०

कास्की । दूध व्यवसाय सङ्घ कास्कीको आइतबार बसेको बैठकले दूध तथा दुग्ध पदार्थमा मूल्य वृद्धि गरेको छ । किसानको व्यावसायिक उत्पादनमा लागत मूल्य बढ्न गएका कारण मूल्य वृद्धि गर्नुपरेको जनाइएको छ । सङ्घले प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारले २०७८ माघ १७ गते दूधमा गरेको मूल्य वृद्धिलाई पनि मध्यनजर राख्दै यही मिति २०७८ फागुन ०५ देखि लागू हुने गरी बढेको जनाएको छ ।

सङ्घका अध्यक्ष वीरेन्द्र भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दूध तथा दुग्ध पदार्थको मूल्यमा ७०५ किसानलाई र ३०५ व्यवसायीलाई रहने गरी दूधको मूल्य वृद्धि भएको निर्णय गरिएको उल्लेख छ । यसबाट उपभोक्ता वर्गमा पर्न गएको असुविधाप्रति कास्की दूध व्यवसायी सङ्घ क्षमा प्रार्थी भएको विज्ञप्तिमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *