आज ‘भ्यालेन्टाइन्स डे’ अर्थात् प्रणय दिवस, विश्वभर मनाइँदै

डिसी नेपाल
२ फागुन २०७८ ७:१०
60
Shares

काठमाडौं। आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस विश्वभर मनाइँदैछ। प्रणय दिवसमा प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्छन्। आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले भ्यालेन्टाइन डेलाई उपयोग गर्छन्।

विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ। नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन्। यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ।

यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन्। प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन्। मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ गुलाव चाहिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *