महाभियाेगपछि जबराकाे टिप्पणी : दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई तिहाइ पुर्याउन्
फाइल फाेटाे
काठमाडाैं। संसद सचिवालयमा महाभियाेग प्रस्ताव दर्तासँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्याएर आफूलाई हटाउन चुनाैती दिएका छन्।
सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेसँगै झन्डावाल गाडी सर्वाेच्चमै छाडेर निवास फर्किएका उनले निकटस्थसँग कुरा गर्दै भने, ‘दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई तिहाइ पुर्याउन्।’
संसदबाट महाभियाेग पारित गर्न दुई तिहाइ चाहिने भए पनि सत्ता गठबन्धनसँग त्याे सिट छैन। प्रमुख प्रतिपक्षी एमालेबिना महाभियाेग पारित हुँदैन। एमालेकाे आइतबारकाे सचिवालय बैठकले महाभियाेग प्रस्तावविरुद्ध प्रतिवाद गर्ने प्रारम्भिक टिप्पणी गरेकाे थियाे। एमाले संसदीय दलकाे बैठक आज बस्दैछ। न्युज कारखाना
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment