एमाले द्वन्द्व चाहँदैन : शेरबहादुर तामाङ
काठमाडौं। एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आफ्नो पार्टी प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावलाई लिएर द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका छन्।
नयाँबानेश्वरस्थित संसद भवनमा पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन पुगेका नेता तामाङले महाअभियोगको प्रस्तावकोबारेमा एमालेले द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका हुन्।
कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेको छन्। यसपछि उत्पन्न राजनीतिक अवस्थाकोबारेमा छलफल गर्न अहिले एमाले संसदीय दलको बैठक बसिरहेको छ।
तर, यसबारे एमाले द्वन्द्व बढाउने पक्षमा नरहेको नेता तामाङले बताएका हुन् । प्रधानन्यायाधीश जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्ताव फिर्ता हुने सक्ने नेता तामाङको विश्वास छ।
साथै दोस्रो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापित गर्न आदेश दिएका सर्वाेच्च अदालतका चार न्यायाधीशविरुद्ध एमालेले महाअभियोग प्रस्ताव नल्याउने उनले बताए ।
‘सांसदहरूको हस्ताक्षर संकलन गरेको भए पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने होइन,’ नेता तामाङले भने, महाअभियोगको प्रस्ताव ल्याउँदैनौँ । ’
No ads found for this position


डिसी नेपाल
Facebook Comment