नेपाल–पाकिस्तानबीच व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपाल र पाकिस्तानबीच व्यापार सहजीकरण गर्न नेपालका लागि पाकिस्तानी राजदूतसमक्ष आग्रह गरेको छ । चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आज नेपालका लागि पाकिस्तानी राजदूत शेद हैदर शाहसँगको भेटमा नेपालदेखि कराँचीसम्म सिधा हवाई सेवा सञ्चालन गरी दुई मुलुकबीचको व्यापार सहजीकरण गर्न आग्रह गर्नुभएको हो । अध्यक्ष मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदानप्रदान एवं अन्य आर्थिक गतिविधि विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन ।
“नेपाल र पाकिस्तानबीच हवाई दूरी जम्मा ३ घण्टाको छ, यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि गर्न सकिन्छ, पर्यटन विस्तार गर्न सकिन्छ, सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधी वढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन्,”– अध्यक्ष मल्लले भने। पाकिस्तानबाट नेपालले अहिले छोकडा, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी बस्तु, जुत्ता, चप्पललगायत वस्तु आयत गर्दै आएको छ भने मह, कफी, चिया, हस्तकलाका सामान, अलैंची, आँखाको लेन्स, उनी धागोलगायत बस्तु निर्यात गर्ने गरेको छ । नेपालले पाकिस्तानबाट वार्षिक एक अर्ब १४ करोड १९ लाख रुपैयाँ बराबरको बस्तु आयत गर्ने गरेको छ भने रु १० करोड चार लाख बराबर निर्यात गर्ने गरेको छ ।
भेटमा राजदूत शाहले हवाई सेवा सञ्चालनका लागि सरकारी तबरबाटै पहल हुनुपर्ने बताए । उनले नेपाल र पाकिस्तानबीच दुवै मुलुकलाई फाइदा हुने गरी आर्थिक सम्भावनाका क्षेत्रको पहिचान गर्नुपर्नेमा जोड दिए । दुई देशबीचका चेम्बर अफ कमर्सका पदाधिकारीबीच छलफल गराएर व्यापारिक गतिविधि विस्तारका लागि आफूले पहल गर्ने राजदूत शाहको भनाइ थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment