कांग्रेस संसदीय दलकाे बैठक बस्दै, मुख्य एजेण्डा महाभियाेग

डिसी नेपाल
३ फागुन २०७८ ७:२४

काठमाडाैं। सत्तासीन नेपाली कांग्रेसकाे संसदीय दलको बैठक आज मंगलबार बस्दैछ। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालका अनुसार बैठक बिहान ९ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ।

आजकाे बैठकमा मुख्य एजेण्डा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार दर्ता भएकाे महाभियाेग प्रस्तावकाे समीक्षा र आगामी रणनीति रहेकाे छ । त्यसबाहेक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले बताइन्।

गत आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । जबराविरुद्ध गलत समयमा महाभियाेग दर्ता भएकाे भन्दै प्रमुख प्रतिपक्षी एमाले क्रुध छ। एमाले संसदीय दलकाे बैठक साेमबार बसेकाे थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *