स्थानीय तहको निर्वाचन रोक्न गठबन्धनकै दलबाट प्रयास भइरहेको छ : एमाले उपाध्यक्ष पौडेल

डिसी नेपाल
३ फागुन २०७८ ७:५४

भैरहवा। नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले जनताले सरकारकाे अनुभुति नै गर्न नपाएकाे टिप्पणी गरेका छन्।

एमाले रुपन्देहीले धकधईमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पौडेलले साढे ३ वर्ष केपी ओलीको सरकार रहँदा जनताले सरकारकाे अनुभूति गरे पनि तर अहिलेकाे सरकार छ-छैन भनेर जनताले अनुभूति नै गर्न नपाएकाे बताए।

‘गठबन्धन सरकार सम्पूर्ण रुपमा असफल छ, यो सरकारले न त विकास गर्न सकेको छ, न त शान्ति सुरक्षा दिन,’ उनले भने। सरकारले देशलाई आर्थिक संकटमा पुर्‍याएकाे दाबी गर्दै उनले भने- देशमा विदेशी मुद्राको संचिति सकिएको छ, महँगी बढेकाे छ। पुजीगत खर्च हुन सकेकाे छैन।’

स्थानीय तहको निर्वाचन हुन नदिन गठबन्धनकै दलहरुले कोसिस गरिरहेकाे उनले बताए। ‘यो निर्वाचन रोक्न र छेक्न भित्रबाट अनेक कोसिस अझै पनि भइरहेको बताउँदै नेता पौडेलले कुनै पनि बहानामा निर्वाचन रोक्ने नदिइने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *