कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

डिसी नेपाल
३ फागुन २०७८ ८:५३

काठमाडाैं। सत्तासीन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज मंगलबार बस्दैछ। यसअघि तीन दिन बैठक बसेकाे थियाे ।

पूर्वनिर्धारित एजेन्डासहित समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न दिउँसाे ३ बजे बैठक बस्न लागेकाे कांग्रेस प्रवक्ता प्रकानशशरण महतले जानकारी दिए ।

३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिका ३५ जनाले यसअघिका बैठकमा धारणा राखिसकेका छन्। बाँकीले आजकाे बैठकमा धारणा राख्नेछन् । नेताहरुकाे धारणासँगै बैठकमा भएको छलफलका निर्णय सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । बैठक आज सकिँदैछ ।

कांग्रेसले गत १४माघमा केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो। सभापतिसहित १३ पदाधिकारी स्वतः कार्यसम्पादन समितिमा रहन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *