कांग्रेस सिन्धुपाल्चोक सभापतिमा प्रेमध्वज र वंशलालको प्रतिस्पर्धा

डिसी नेपाल
३ फागुन २०७८ १०:३६

सिन्धुपाल्चोक। नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतिमा डा.प्रेमध्वज लामा र वंशलाल तामाङबीच प्रतिस्पर्धा हुने सम्भावना बढेकाे छ। १४ औं जिल्ला अधिवेशनबाट सभापतिका लागि धेरैले आकांक्षा देखाए पनि अन्तत: सभापति शेरबहादुर देउवा पक्षधर लामा र शेखर कोइराला पक्षधर तामाङबीच प्रतिस्पर्धा हुने भएकाे हाे।

२०४६ मा कांग्रेस जिल्ला सदस्य हुँदै गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिकाका अध्यक्ष तामाङको पार्टी संगठन विस्तारमा लाग्ने नेता हुन्।

काठमाडौंमा बसेर अधिकांश समय प्राध्यापनमा बिताएका लामाले त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदबाट राजीनामा दिएर सभापतिमा भिड्दै छन्। लामा सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधिसमेत भएका थिए। लामा सभापति देउवा, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत निकट हुन्।

अन्तिम समयमा तामाङलाई समर्थन गरेर अगाडि बढ्ने रणनीतिमा कोइराला पक्षका नेता छन्। देउवा पक्षमा भने बस्नेतले छानेका व्यक्ति सभापतिको उम्मेदवार हुने निश्चित छ। कांग्रेस सिन्धुपाल्चोकको १४औँ जिल्ला अधिवेशन १३ फागुनमा हुँदैछ । समायोजन, क्रियाशील विवाद र विभिन्न आन्तरिक द्वन्द्वले पटक-पटक स्थगित भएको अधिवेशन फागुनमा हुन लागेकाे हाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *