अमेरिकाद्वारा युक्रेनलाई १ अर्ब डलर सहयोगको घोषणा
FILE PHOTO: U.S. Secretary of State Antony Blinken speaks during the release of the "2020 Country Reports on Human Rights Practices" at the State Department in Washington, DC, U.S., March 30, 2021. Mandel Ngan/Pool via REUTERS/File Photo
काठमाडौं। रुसले युक्रेनमाथि कुनै पनि बेला आक्रमण गर्न सक्ने चेतावनी दिइरहेको अमेरिकाले युक्रेनलाई १ अर्ब डलर सहयोग दिने भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले अमेरिकाले युक्रेनलाई १ बिलियन डलर आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।
ब्लिंकनले भने ‘हामी युक्रेनको लागि बलियो अन्तर्राष्ट्रिय समर्थन जुटाउनको लागि सहयोगीहरुसँग मिलेर काम गरिरहेका छौं । युक्रेनमा प्रमुख सुधारहरुलाई समर्थन दिनको लागि अमेरिकाले १ बिलियन डलर ऋण दिनेछ । यसबाट युक्रेनलाई समृद्ध बनाउन सहयोग मिल्नेछ ।’
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेन संकटको कुटनीतिक समाधानको दिशामा अहिले पनि सबै आशाहरु समाप्त नभएको बताएका थिए । उनीहरुले युक्रेनमा रुसको सैन्य कारवाहीको चेतावनीका बावजुद एक सम्झौता अझै पनि सम्भव भएको बताएका थिए । दुवै नेताले फोन वार्तामा यसमा सहमति व्यक्त गरेका थिए ।
रुसले युक्रेनको सीमामा एक लाख सैनिक तैनाथ गरेको छ तर उसले आक्रमण गर्ने कुरा अस्वीकार गर्दै आएको छ । करिब १ दर्जन देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न भनेका छन् । अमेरिकाले युक्रेनमा हवाइ आक्रमण कुनै पनि बेला सुरु हुन सक्ने बताउँदै आफ्ना सबै नागरिकलाई युक्रेन छोड्न सल्लाह दिएको छ ।







डिसी नेपाल







Facebook Comment