अमेरिकाद्वारा युक्रेनलाई १ अर्ब डलर सहयोगको घोषणा

डिसी नेपाल
३ फागुन २०७८ १०:४२

काठमाडौं। रुसले युक्रेनमाथि कुनै पनि बेला आक्रमण गर्न सक्ने चेतावनी दिइरहेको अमेरिकाले युक्रेनलाई १ अर्ब डलर सहयोग दिने भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले अमेरिकाले युक्रेनलाई १ बिलियन डलर आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

ब्लिंकनले भने ‘हामी युक्रेनको लागि बलियो अन्तर्राष्ट्रिय समर्थन जुटाउनको लागि सहयोगीहरुसँग मिलेर काम गरिरहेका छौं । युक्रेनमा प्रमुख सुधारहरुलाई समर्थन दिनको लागि अमेरिकाले १ बिलियन डलर ऋण दिनेछ । यसबाट युक्रेनलाई समृद्ध बनाउन सहयोग मिल्नेछ ।’

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेन संकटको कुटनीतिक समाधानको दिशामा अहिले पनि सबै आशाहरु समाप्त नभएको बताएका थिए । उनीहरुले युक्रेनमा रुसको सैन्य कारवाहीको चेतावनीका बावजुद एक सम्झौता अझै पनि सम्भव भएको बताएका थिए । दुवै नेताले फोन वार्तामा यसमा सहमति व्यक्त गरेका थिए ।

रुसले युक्रेनको सीमामा एक लाख सैनिक तैनाथ गरेको छ तर उसले आक्रमण गर्ने कुरा अस्वीकार गर्दै आएको छ । करिब १ दर्जन देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न भनेका छन् । अमेरिकाले युक्रेनमा हवाइ आक्रमण कुनै पनि बेला सुरु हुन सक्ने बताउँदै आफ्ना सबै नागरिकलाई युक्रेन छोड्न सल्लाह दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *