टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

डिसी नेपाल
३ फागुन २०७८ १२:२६
36
Shares

काठमाडौँ। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिकाको पाखापानीमा टिप्परले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिकाका अन्दाजी ४० वर्षीया डिला पौडेल रहेको  छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा१ख १२८६ नंको टिप्परले आज बिहान एक साइकल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिइसकेको भए पनि चालक भने फरार रहेको प्रहरीले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *