एमसीसी चीनविरुद्ध छैन : डा. रामशरण महत

डिसी नेपाल
३ फागुन २०७८ १२:२०

काठमाडौं। पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) चीनविरुद्ध नरहेको बताएका छन्। नयाँबानेश्वरस्थित संसदमा भवनमा मंगलबार बसेको संसदीय दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमसीसी चीनविरुद्ध नरहेको बताएका हुन्।

‘एमसीसी चीनविरुद्ध रहेको हल्ला फिँजाइएको छ,’ उनले भने, ‘यो चीनविरुद्ध छैन।’ चीनको बीआरआईविरुद्ध र इन्डोप्यासिफिक रणनीतिअनुसार पनि एमसीसी नरहेको भन्दै नेता महतले एमसीसी नेपालकै हितमा रहेकाले यसलाई पारित गर्नुपर्नेमा जोड दिए।

फागुनभित्र एमसीसी पारित नगरे देशले ठूलो आर्थिक नोक्सान व्यहोर्ने बताएका उनले एमसीसी नेपालकै कानुनअनुसार चल्ने पनि दाबी गरे। एमसीसी लागु भएमा नेपालमा अमेरिकी सेना आउने हल्ला निराधार र भ्रममात्र रहेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *