युक्रेनमा रहेका नेपालीबारे नेपाल सरकारले के गर्दैछ ?

डिसी नेपाल
३ फागुन २०७८ १२:२५

काठमाडौं। युक्रेनमा रुसले आक्रमण गर्न सक्ने पश्चिमी देशहरुले चेतावनी दिएपछि एक दर्जनभन्दा धेरै देशहरुले आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निस्किन एडभाइजरी जारी गरेका छन् ।

पछिल्लो समय भारतले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न एडभाइजरी जारी गरेको छ । किभस्थित भारतीय दूतावासले जारी गरेको एडभाइजरीमा युक्रेनको मौजुदा स्थितिका कारण भारतीय नागरिक अस्थायी रुपले स्वदेश फर्किन सक्ने भनिएको छ ।

युक्रेनमा नेपाली नागरिकहरु पनि छन् । परराष्ट्र मन्त्रालयका अनुसार युक्रेनमा करिब १०० नेपाली रहेको अनुमान छ । युक्रेनमा नेपालको दूतावास छैन त्यसैले युक्रेनको मामिला जर्मनीमा रहेको नेपाली दूतावासले हेर्ने गर्छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्त सेवा लम्सालका अनुसार अहिलेसम्म युक्रेनमा रहेका नेपालीहरुले दूतावास वा अन्य कुनै निकायमा त्यहाँबाट बाहिर निस्किन चाहेकोबारे केही भनेका छैनन् ।

‘अहिलेसम्म युक्रेनमा रहेका कुनै पनि नेपालीबाट हामीलाई कुनै किसिमको सन्देश वा सूचना आएको छैन’ उनले भनिन् । लम्सालका अनुसार नेपाल सरकारलाई नेपाली नागरिकबाट कुनै पनि किसिमको अनुरोध नआएकोले अहिलेसम्म सरकारले त्यहाँ भएका नेपालीलाई निकाल्ने बारे औपचारिक रुपमा केही गरेको छैन । ‘हामीलाई कुनै किसिमको अनुरोध आयो भने हामीले त्यसै अनुसार प्रक्रिया अगाडि बढाउन सक्छौं’ उनले भनिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *