सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए पद तथा गोपनियताको शपथ
धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनियताको शपथ लिएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त भट्टलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) अनुसार आज भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। केन्द्रमा भएको एमालेसँगको सहमति अनुसार नेकपाले सुदूरपश्चिम र कर्णालीको मुख्यमन्त्री पाएको छ।
सहमति अनुसार नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन मन्त्रालय पाउने बताइएको छ। एमालेबाट सन्तोष कुमारी शर्मा थापा, चक्रबहादुर मल्ल, दमनबहादुर भण्डारी र जानकी ऐर बम भट्ट नेतृत्वको सरकारमा मन्त्री हुने भएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment