अख्तियारको प्रवक्तामा भण्डारी
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवक्ताको जिम्मेवारी सहसचिव श्याम प्रसाद भण्डारीलाई दिएको छ । मंगलबारबाट भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी अख्तियारले आज एक विज्ञप्ति जारी गरी दिएको हो ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारीमा यस आयोगका सहसचिव श्याम प्रसाद भण्डारीलाई आजैका मितिदेखि तोकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ अख्तियारले विज्ञप्तिमा भनेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment