प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा परेन एमसीसी

डिसी नेपाल
३ फागुन २०७८ १७:४६

काठमाडौं। बुधबारका लागि तय भएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता टेबल गर्ने सम्मबन्धी विषय भने समावेश भएको छैन।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने उल्लेख गरिएको छ । सँगै कार्यसूचीमा तीनवटा शोक प्रस्ताव प्रस्तुत हुने उल्लेख छ । बुधबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची संघीय संसदका महासचिव डा. भरतराज गौतमले मंगलबार सार्वजनिक गरेका हुन् ।

सो बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न सकिने अवस्था भने रहेको छ ।

साढे ११ बजे कार्यव्यवस्था परामर्श समिति बैठक
सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहानका लागि कार्यव्यवस्था परामर्श समिति बैठक आह्वान गरेका छन्।

प्रतिनिधिसभाको बैठक बस्नु अघि बैठकको कार्यसूचीमाथि छलफल गर्न सभामुख सापकोटाले बैठक आह्वान गरेका हुन् । बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *