राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन राप्रपा नेपालमा समाहित हुँदै

डिसी नेपाल
३ फागुन २०७८ १९:२०

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन राप्रपा नेपालमा समाहित भएको छ । विद्यार्थी संगठनको केन्द्रीय कार्य समितिको बैठकले सिंगो संगठन नै राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय महाअधिवेशन सम्पन्न भएपश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वले भातृ संगठनहरूलाई हेर्ने दृष्टिकोणमा फरक, नीतिमा क्रमिक विचलनको श्रृङ्खला बढ्दै गएको तथा पार्टी र संगठनको काममा अहोरात्र खट्ने कार्यकर्ताहरूलाई बेवास्ता गरिएको आरोप लगाउँदै विद्यार्थी संगठनले अलग्गिने निर्णय गरेको हो ।

राप्रविसंका कार्यवाहक अध्यक्ष शशी भण्डारीले एक विज्ञप्ति जारी गर्दै राप्रविसं कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *