राप्रपाका भातृ संगठनहरु राप्रपा नेपालमा समाहित हुँदै

डिसी नेपाल
३ फागुन २०७८ १९:४८

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन राप्रपा नेपालमा समाहित भएको छ । राप्रमसं केन्द्रीय कार्य समितिको बैठकले सिंगो संगठन नै राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय महाअधिवेशन सम्पन्न भएपश्चात राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वले भातृ संगठनहरूलाई हेर्ने दृष्टिकोणमा फरक गरेसँगै आफूहरू पार्टीबाट अलग्गिने निर्णय गरेको संगठनकी ममता राईले बताइन् । उनले राप्रपामा नीतिमा क्रमिक विचलनको श्रृङ्खला बढ्दै गएको बताएकी छन् ।

पार्टीमा नेतृत्वको वरीपरी घुम्नेहरूलाई मात्र पार्टीका हरेक निकायमा प्रोत्साहन गर्ने प्रवृत्ति हाबी भएको उनको आरोप छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *