बुधबार यी कामहरु गर्नुहोस्, खुल्ने छ तपाईको भाग्य

डिसी नेपाल
४ फागुन २०७८ ११:२२
44
Shares

काठमाडौंं । आज बुधबार । ज्योतिष शास्त्रअनुसार हरेक बारहरुको पनि आ आफ्नो विशेषता रहेको हु्न्छ । बुधबार विष्णु भगवानको पुजा आरधना गर्नाले विद्या, धन तथा व्यापारिक उन्नति हुन्छ भनिन्छ । बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ। बुधको दिशा उत्तर हो भने उत्तर दिशामा कुबेरको स्थान रहेको हुन्छ । यदि तपाईको घरमा आम्दानीभन्दा बढी खर्च भएको छ भने बुध ग्रहलाई पुजा गर्नुहोस् ।

बुधबार विशेष गरी विथाल–देव (कृष्णको अवतार)को पनि पूजा गरिन्छ । पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

 बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ ?

–बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ ।

– बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी- देवताको कृपा हुने गर्छ।

–बुधबारको दिन कुनै गरिबलाई केहि पैसा दान गर्नुहोस्। यसो गर्नाले तपाईंको जीवनमा पैसाको अभाव हुने छैन।

–बुधको दिशा उत्तर हो भने उत्तर दिशामा कुबेरको स्थान रहेको हुन्छ । यदि तपाईको घरमा आम्दानीभन्दा बढी खर्च भएको छ भने बुध ग्रहलाई पुजा गर्नुहोस् ।

–बुध ग्रहको अशुभतालाई शुभतामा परिवर्तन गर्न बुधवार गणेशको पूजा गर्नुहोस् ।

– बुधबार समलिंगीको सेवा गर्नुहोस् ।

– हरियो चना भिजाएर चराचुरंगीलाई खुवाउँनुहोस् ।

– बुधवार व्रत बस्नुहोस् । चिताएको मनोकामना पुरा हुने गर्दछ ।

कस्ता हुन्छन् त बुधबार जन्मिएका व्यक्ति ?

– बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुन्छन् ।

– नयाँ(नयाँ कुराहरु जान्न निकै मन लाग्ने ।

– कुनै पनि कुरामा त्यति तनावमा नलिने।

– सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने ।

– धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने।

– खर्चिलो स्वाभाव।

– तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रतर्फ प्रगति गर्ने हुन्छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *