बालकोटबाट देउवाको सरकार बचाइदिने यस्तो सूत्र दिएर पठाए ओलीले

डिसी नेपाल
६ फागुन २०७८ १०:३९

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता गुम्ने डरले नआत्तिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आश्वस्त पारेका छन्।

आफूलाई भेट्न आफ्नै निवासका आएका प्रधानमन्त्री देउवालाई आफूलाई आगामी निर्वाचनमा जनताले मत दिएर सत्तामा पुर्‍याए भने बेग्लै कुरा तत्कालका लागि सत्ताको कुर्सी नचाहिएको स्पष्ट पारेका हुन्।

उनले एमसीसी संसद टेवल गर्दा माओवादी केन्द्र र नेकपा समाजवादीलाई सरकारबाट हटाउने हो भने देउवाको सरकार टिकाउने सूत्रसहितको जिम्मा पनि लिएका थिए।

देउवानिकट एक उच्च स्रोतका अनुसार, ओलीले चुनावअघि आफू कुर्सी हासिल गर्ने पक्षमा नरहेको, आफ्नो दललाई मन्त्री पनि नचाहिएकोले ढुक्क हुन देउवालाई आश्वस्त पार्ने कोसिस गरेका थिए।

ओलीको देउवा सरकार टिकाउने सूत्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई मिलाएर मन्त्रीपरिषद् गठन गर्ने र सोही मन्त्रीपरिषद्ले चुनाव गराउने भन्ने हो। यस्तो सरकार बनाउन ओलीले नै पहल गरिदिने र सो सरकारलाई बहुमत पनि दिने ओलीले विश्वास दिलाएका थिए।

तर, यसो गर्नका लागि संसदमा एमसीसी टेवल गर्नै पर्ने, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई हटाउन कांग्रेस तयार हुनुपर्ने र यथायक्य चाँडो संसद विघटन गरी चुनावको घोषणा गर्नुपर्ने शर्त पनि ओलीले राखेका छन्।

ओलीको देउवा सरकार टिकाउने सूत्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई मिलाएर मन्त्रिपरिषद् गठन गर्ने र सोही मन्त्रीपरिषद्ले चुनाव गराउने भन्ने हो। यस्तो सरकार बनाउन ओलीले नै पहल गरिदिने र सो सरकारलाई बहुमत पनि दिने ओलीले विश्वास दिलाएका थिए।

एमसीसी संसदमा पेश गरेपछि मन्त्रिपरिषद् भंग गरी नयाँ मन्त्रीपरिषद् गठन गर्न ओलीले सुझाएका थिए। घोषणा भइसकेको स्थानीय निकायको चुनाव के गर्ने त ? भन्ने बारे पनि ओली र देउवाले छलफल गरेका थिए।

दुई नेताको छलफलमा देउवाले आज बस्ने गठबन्धनको बैठकमा एमसीसी पास नगर्ने भए सत्ता छोड्न प्रचण्ड र माधव नेपाललाई भन्नेबारे पनि चर्चा भएको थियो। देउवाले निर्वाचनसम्मका लागि आफ्नो नेतृत्वको सरकार टिकाउन ओलीले बचन दिनुपर्ने माग गरेका थिए।

ओलीले दिएको सो सूत्रमा देउवा कति आश्वस्त भए भन्ने कुरा भने आजको गठबन्धनको बैठकमा देउवाको प्रस्तुतिले देखाउने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *