युक्रेनमा सुरक्षा प्रमुखको कार बम पड्काएर उडाइयो, ग्यास पाइपलाइनमा पनि बम विष्फोट

डिसी नेपाल
७ फागुन २०७८ १४:१५

काठमाडौं। रुससँग युद्धको आशंकाका बीच युक्रेनमा लगातार दोस्रो दिन विष्फोट भएको छ । पूर्वी युक्रेनमा कथित रुस समर्थित पृथकतावादीहरुले एउटा कारलाई निशाना बनाए । एउटा ग्यार पाइपलाइनलाई पनि विष्फोट गरेर उडाइयो । यी दुवै विष्फोटलाई रुससँग युद्धको ट्रेलरको रुपमा हेरिएको छ । युक्रेनले यो आक्रमणको लागि रुस जिम्मेवार भएको आरोप लगाएको छ भने रुसले यसलाई युक्रेनको षड्यन्त्र भनेको छ ।

युक्रेनको लुहान्स्क सहरमा स्थानीय समयअनुसार शुक्रबार राची भएको आक्रमणमा ग्यास पाइपलाइन ध्वस्त भएको छ । यसको भिडियो पनि भाइरल भइरहेको छ । आक्रमणपछि युक्रेनको आकस्मिक विभागले जनतालाई घरभित्रै बस्न भनेको छ । विभागले सार्वजनिक यातायातको प्रयोग नगर्न समेत सल्लाह दिएको छ ।

रुसले भने युक्रेनले अशान्ति फैलाउनको लागि यो षड्यन्त्र गरेको आरोप लगाएको छ । रुसी समाचार एजेन्सी रिया नवोस्टीको रिपोर्टका अनुसार युक्रेनका पृथकतावादीहरुको आक्रमणमा ग्यास पाइपलाइन क्षतिग्रस्त भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने रुसमाथि झुटो बोलेको र भ्रम फैलाएको आरोप लगाएका छन् ।अमेरिकाले रुसी राष्ट्रपतिले युक्रेनमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाउनुपर्ने माग गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता सीमाबाट सेना फिर्ता बोलाएको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *