धनगढीबाट भालुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ

डिसी नेपाल
८ फागुन २०७८ ८:५३

धनगढी। प्रहरीले भालुको पित्त र यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला कन्काइसुन्दरी गाउँपालिका–६ स्थायी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया डेरा लिएर बसेको ५७ वर्षीय बृख कामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमंका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआटी टोली र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले कृष्णपुर नगरपालिका–१ वनदेवी मन्दिरबाट कामीलाई शनिबार साँझ पक्राउ गरेको हो ।

उनी बस्दै आएको डेराबाट ५०० ग्राम यार्सागुम्वा फेला पारेको प्रहरी निरीक्षक बमले बताए । उनका अनुसार पक्राउ परेका कामीमाथि थप अनुसन्धानको कार्य भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *