युनाइस आँधीः १३ को मृत्यु, बेलायतमा १० लाख घर परिवार अन्धकारमा बस्न बाध्य

डिसी नेपाल
८ फागुन २०७८ ९:५५

लन्डन। युरोपमा युनाईस आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ । आँधीबाट बेलायत, आयरल्यान्ड, द नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र पोल्यान्ड सबैभन्दा बढी प्रभावित छन् । यी देशका आँधी प्रभावित क्षेत्रमा रुखहरु ढलेका छन् र सडकहरु अबरुद्ध बनेका छन् ।

आँधीका कारण १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन आपतकालीन कर्मचारीहरुले प्रयास गरिरहेका छन् ।

आँधीले बेलायतको यात्रामा अस्तव्यस्तता ल्याएको छ भने डोभरको इंग्लिस च्यानल बन्दरगाह बन्द गर्नुका साथै बेलायत र वेल्सलाई जोड्ने पुलहरू अबरुद्ध पारेको छ । त्यसैगरी, आँधीका कारण लन्डनभित्र र बाहिर चल्ने धेरै जसो रेलहरु रोकिएका छन् ।

युरोपमा यो साता असर गर्ने युनाईस दोस्रो पटक नाम राखिएको आँधी हो । पहिलो आँधीले जर्मनी र पोल्यान्डमा कम्तिमा पाँच जनाको मृत्यु भएको थियो ।

आँधीबारे पहिलो पटक लन्डनमा शुक्रबार रातो चेतावनी दिइएको थियो । सन् १९८७ मा बेलायत र उत्तरी फ्रान्समा आएको ‘शक्तिशाली आँधी’ पछि यसलाई युरोपको सबैभन्दा ठूलो आँधी बताइएको छ । ‘युनाइस आँधीले साँच्चनै नै एक मुक्का प्रहार गरेको छ, ’ जलवायु कार्यलयका प्रमुख मौसमविद् फ्रयांक साउन्डर्सले भने ।

‘मौसमबाट जीवन खतरामा छ भने हामीले रातो मौसमी चेतावनी जारी गर्र्छौं,’ उनले थपे । ठूलो हुरीका कारण बेलायतमा विमान चालकहरुले अवतरण रोक्न बाध्य भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *