युक्रेनका राष्ट्रपति अमेरिकासहित पश्चिमी देशहरुसँग किन रिसाए ?

डिसी नेपाल
८ फागुन २०७८ ११:०४

काठमाडौं। रुस युक्रेन तनावका बीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बैठकबाट समाधान निकाल्ने प्रस्ताव गरेका छन् । म्युनिख सुरक्षा सम्मेलनमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने ‘पश्भिमी शक्तिहरुले रुसप्रति तुष्टिकरणको आफ्नो नीति छोड्नुपर्छ किनकि युक्रेनमा सम्भावित रुसी आक्रमणको खतरा बढिरहेको छ ।’

उनले अगाडि भने ‘मलाई थाहा छैन रुसका राष्ट्रपति के चाहन्छन् । त्यसैले म उनलाई वार्ताको प्रस्ताव दिन्छु । रुस वार्ताको लागि स्थानको छनोट गर्न सक्छ । संकटको शान्तिपूर्ण समाधानको लागि युक्रेन केवल कूटनीतिको बाटोमा हिँडिरहन्छ ।’ म्युनिख सुरक्षा सम्मेलनमा युक्रेन संकट समाधानको लागि पश्चिमी देशहरुले कस्तो रणनीति अपनाउने भन्ने विषयमा छलफल हुनुपर्ने थियो । युक्रेनका राष्ट्रपतिले चेतावनी दिँदै भने ‘यदि रुसले युक्रेनमा बमबारी गर्यो भने प्रतिबन्धको खतराले काम गर्ने छैन ।’

युक्रेनका राष्ट्रपतिले आफूले युक्रेनमा विश्वकै तेस्रो ठूलो परमाणु बम खसालिने जानकारी पाएको बताए । जेलेन्स्कीले आफ्नो देशसँग कुनै हतियार र कुनै सुरक्षा नभएको तर ‘तुष्टिकरण’को तीतिबाट सुरक्षा र शान्ति कायम राख्ने माग गर्ने अधिकार भएको बताए । अमेरिकाले रुसले युक्रेनमा आक्रमण गर्न सक्ने भन्दै जारी गरेको चेतावनीबारे कुरा गर्दै जेलेन्स्कीले भने ‘वास्तवमा युक्रेनलाई सहयोग गर्नको लागि पश्चिमी देशहरुले केवर युक्रेनमा आक्रमण हुने मितिको बारेमा कुरा गर्नु जरुरी छैन ।

सम्बोधनको क्रममा युक्रेनका राष्ट्रपतिले १ मार्च र ३१ डिसेम्बरमा आफूहरुले आफ्नो देशको जमिनको रक्षा गर्ने कुरामा जोड दिए । उनले भने ‘युक्रेनलाई अरु मितिहरुको आवश्यकता छैन । युक्रेनले केवल एक चीज चाहेको छ र त्यो हो शान्ति ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *