अनिवार्य कोरोना खोपको विरोध गरिरहेका प्रदर्शनकारीको भिडमाथि घोडा दौडाइयो
काठमाडौं। क्यानडामा कोभिड कोपको अनिवार्यता र प्रतिबन्ध विरुद्ध लगातार प्रदर्शन भइरहेको करिब ३ हप्ता भयो तर अहिले पनि त्यहाँको स्थिति उस्तै छ । करिब २२ दिनपछि क्यानडा सरकार यो प्रदर्शनलाई जबरजस्ती दबाउन लागिपरेको छ । यसको लागि प्रधानमन्त्री जस्टिन ट्रुडोले संकटकाल लगाएका छन् । ट्रक ड्राइभरको फ्रिडम कन्भेलाई कुल्चिनको लागि बख्तरबन्द गाडी र घोडचढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
Ottawa Police Horses Trample Protestors Increasing Tensions Between Protestors and Police
Credit: https://t.co/54dcfpPRvY pic.twitter.com/yAbVsAQcsn
— The Vigilant Fox ? (@VigilantFox) February 18, 2022
सुरक्षाकर्मीले १०० भन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेका छन् । तर, सरकारको कडाइका बावजुद प्रदर्शनकारी हट्न तयार छैनन् । प्रदर्शनकारीहरुले सडकबाट हट्न अस्वीकार गरेपछि सुरक्षाकर्मीले खुर्सानीको धुलो र अश्रुग्यास हानेका थिए । त्यसपछि सडक जाम गरेका ट्रकका केही लाइन हटाइए । आन्दोलनको तेस्रो दिन आन्दोलनरत ट्रक ड्राइभरहरुका नेता प्याट किंगलाई हिरासतमा लिइएको छ ।
प्रदर्शन उग्र हुँदै जाँदा पुलिसले प्रदर्शनकारीहरुको भिडमाथि नै घोडा दौडाएको दावी गरिएको छ । सामाजिक संजालमा पोस्ट गरिएको एउटा भिडियोमा ओटावा पुलिसले भिडमाथि घोडा दौडाइरहेको देख्न सकिन्छ । भिडियोमा घोडाले मानिसहरुलाई कुल्चिँदै अगाडि बढेको देख्न सकिन्छ ।







डिसी नेपाल







Facebook Comment