पुटिनले युक्रेनमा ४४ टनको ‘सबै बमको बाउ’ खसालेर युद्धको घोषणा गर्ने

डिसी नेपाल
८ फागुन २०७८ १३:४२

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ‘सबै बमको बाउ’ भनिने ४४ टनको विशाल र शक्तिशाली बम खसालेर युद्धको घोषणा गर्ने तय गरेको पश्चिमी मिडियाले जनाएका छन् । नेटोले हालै मस्कोले युक्रेनमा पूर्ण तयारीका साथ आक्रमण गर्न लागेको दावी गरेलगत्तै यो दावी सार्वजनिक भएको हो । यो अत्यन्तै शक्तिशाली गैरआणविक बमको विष्फोट ४४ टन टिएनटी (ट्रिनिट्रोटोलुएन्स) विष्फोटकको बराबर वा सोभन्दा बढी हुन सक्छ । रक्षा स्रोतका अनुसार रुसी राष्ट्रपतिले यसको प्रयोग गर्न आदेश दिइसकेका छन् ।

यो विनाशकारी हतियार जेट विमानबाट खसालिन्छ, आवाको बीचमै डेटोनेट गरेर विष्फोट गराइन्छ र यसले सानो टेक्टिकल आणविक हतियारले जति प्रभाव पार्न सक्छ । यसले गर्ने धेरैजसो क्षति सुपरसोनिक सकवेभ र अत्याधिक उच्च तापमानका कारण हुने गर्छ । बेलायती अखबार द सनले स्रोतको हवाला दिँदै लेखेअनुसार यो विनाशकारी बम युद्धको सुरुवातको घोषणास्वरुप खसाउने तयारी भइरहेको छ । स्रोतले भन्यो ‘यसको प्रभाव विनाशकारी हुनेछ । यो लगभग मनोवैज्ञानिक हतियार हो र यसले ठूलो संख्यामा मानिसहरु मार्नुका साथै ट्यांकहरुलाई पनि ध्वस्त पार्न सक्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *