चीनको नौसेनाले अस्ट्रेलियाको विमानमा लेजर आक्रमण गर्‍यो

डिसी नेपाल
८ फागुन २०७८ १३:५९
3.5k
Shares

काठमाडौं। चीनको नौसेनाले अस्ट्रेलियाको विमानलाई लेजर आक्रमण गरेको छ । यो आक्रमणका कारण विमानमा रहेका मानिसहरुको जीवन खतरामा परेको थियो । अस्ट्रेलियाको रक्षा मन्त्रालयले शनिबार घटनाको जानकारी दिँदै बिहीबार अस्ट्रेलियाको समुद्री गश्ती विमान पी–८एपोसाइडनलाई पिपुल्स लिबरेसन आर्मी नेवीले लेजरले निशाना बनाएको बताएको छ ।

घटना टोरेस जलडमरुमध्यको हो । यो अस्ट्रेलियाको उत्तरी तट र न्यूगिनीको दक्षिणी तटको बीचमा छ । अस्ट्रेलियाको अखबार सिड्नी मर्निङ हेराल्डका अनुसार त्यतिबेला अस्ट्रेलियाको विमानले कोरल सागरमा गश्ती गरिरहेको थियो । चिनियाँ नौसेनाले लेजर आक्रमण गरेको कुराको निन्दा गर्दै अस्ट्रेलियाले गैर व्यवसायिक र असुरक्षित सैन्य आचरणका लागि माफी माग्न भनेको छ । यस विषयमा चीनले भने कुनै प्रतिक्रिया दिएको छैन ।

चीनले यसअघि अमेरिकी विमानमा पनि यस किसिमका लेजर आक्रमण गरिसकेको छ । त्यतिबेला चीनले यो कुनै लेजर हतियार नभएको बरु विदेशी सैन्य विमानहरुलाई उनीहरु चीनको क्षेत्रमा प्रवेश गरेको चेतावनी दिने तरिका भएको बताएको थियो ।

लेजर हतियार निकै घातक हुन्छन् । यसबाट केही पलमै पाइलट आँखा नदेख्ने हुन सक्छन् । यसका अलावा यदि लेजर हतियार धेरै शक्तिशाली भए विमानलाई टुक्राटुक्रा पार्न पनि सक्छन् । चीनले १०१९ देखि लेजरको प्रयोग गरिरहेको छ । चीनले प्रयोग गर्ने लेजर कति घातक छ भन्ने स्पष्ट छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *