डोनाल्ड ट्रम्पको सामाजिक संजाल भोलि लञ्च हुँदै

डिसी नेपाल
८ फागुन २०७८ १५:५८
80
Shares

काठमाडौं। अमेरिकाका पूर्व राष्ट्रपति तथा व्यवसायी डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक संजाल लञ्च गर्दैछन् । यो सामाजिक संजालमार्फत उनले फेसबुक र ट्वीटरलाई चुनौती दिनेछन् । डोनाल्ड ट्रम्पले भोलि सोमबार आफ्नो पहिलो सोसल मिडिया भेन्चर ट्रुथ सोसल लञ्च गर्नेछन् । यो एपलाई एप्पल एप स्टोरमा लञ्च गर्न सकिनेछ । रिपोर्टका अनुसार यसको परीक्षण संस्करणसँग सम्बन्धित एक कार्यकारीले एप २१ फेब्रुअरीमा लञ्च हुन सक्ने बताएका छन् ।

अक्टोबर २०२१ मा ट्रम्पले आफूले सामाजिक संजाल प्लेटफर्म लञ्च गर्न लागेको बताएका थिए । उनले त्यतिबेलै यसको नाम ट्रुथ सोसल हुने घोषणा गरेका थिए । यो एपको स्वामित्व हालै बनाइएको ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुपसँग रहनेछ । शुक्रबार अबेर राती कम्पनीका चीफ प्रोडक्ट अफिसरको भेरिफाइट ट्वीटर खदाताबाट यो एपको सम्बन्धमा कैयौं ट्वीट गरिएका छन् ।

एक ट्वीटर प्रयोगकर्ताले एपको पब्लिक रिलिजबारे प्रश्न गर्दा ती कार्यकारीले जवाफ दिए ‘हामी यो एपलाई एप्पल एप स्टोरमा सोमबार २१ फेब्रुअरीमा लञ्च गर्नेछौं ।’ यो सामाजिक संजाल लञ्च भएसँगै डोनाल्ड ट्रम्प एक पटक फेरि सामाजिक संजालमा फर्किनेछन् । यसअघि उनलाई ६ जनवरी २०२१ मा भएको घटनापछि फेसबुक, युट्युब र ट्वीटरले प्रतिबन्ध लगाएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *