अमेरिकामा सयौं मानिसहरु जम्मा भएर रमाइरहेको ठाउँमा हेलिकप्टर दुर्घटना (भिडियोसहित)

डिसी नेपाल
८ फागुन २०७८ १६:२१
148
Shares

काठमाडौं। अमेरिकामा सयौं मानिसहरु जमा भएर रमाइलो गरिरहेको ठाउँमा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएर खसेको छ । फ्लोरिडाको मियामी समुद्र किनारमा हेलिकप्टर दुर्घटना भएर खसेको हो । हेलिकप्टर समुद्रमा खस्यो । हेलिकप्टर खसेको ठाउँको छेउमै सयौंको संख्यामा मानिसहरु जम्मा भएर पौडी र बीच पार्टीको मजा लिइरहेका थिए ।

हेलिकप्टर दुर्घटनामा २ जना घाइते भएको मियामी बीच पुलिसले जनाएको छ । दुवै घाइतेहरुलाई उपचारको लागि ज्याक्सन मेमोरियल हस्पिटलमा भर्ना गरिएको छ । मियाकी बीच पुलिसले पूरै घटनाको भिडियो आफ्नो ट्वीटर ह्याण्डलमा शेयर गरेको छ । पुलिसले यो घटनाबारे संघीय उड्डयन एजेन्सी एफएएले जाँच गरिरहेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *