सोनु सूदको गाडी जफत

डिसी नेपाल
८ फागुन २०७८ १६:४८

काठमाडौं। बलिउड अभिनेता सोनु सूदको गाडी जफत गरिएको छ । पंजाबमा विधानसभा चुनाबको लागि मतदान चलिरहेका बेला त्यहाँ गएका सोनु सूदको गाडी जफत गरिएको हो । समाचार एजेन्सी एएनआइका अनुसार मोगा जिल्लाका प्रवक्ता प्रभदीप सिंहले सोनुको गाडी जफत गरिएको पुष्टि गरेका छन् । उनका अनुसार सोनु एक मतदान बुथभित्र जाने प्रयास गरिरहेका थिए । यस क्रममा उनलाई रोकियो, उनको गाडी जफत गरेर घर पठाइयो । सिंहले भने ‘यदि सोनू सूद घरबाहिर निस्किए भने उनीविरुद्ध कारवाही गरिनेछ ।’

यो मामिलामा एएनआइले सोनु सूदसँग पनि पतिक्रिया लिएको छ । सूदका अनुसार उनले बुथमा पैसा बाँडिएको र विपक्षी दलका कार्यकर्ताले मतदातालाई धम्क्याएको जानकारी पाएको बताएका छन् । उनले भने ‘धेरै मानिसहरुले, विशेष गरी अकाली दलका कार्यकर्ताहरुले मतदातालाई धम्क्याइरहेका छन् । धेरै बुथहरुमा पैसा बाँडिँदैछ । जब चुनाब हुन्छ पारदर्शी हुनुपर्छ । मैले यस विषयमा एसएसपी साहबसँग उजुरी गरेको छु ।’

सोनु सूदले मोगा विधानसभाका अरु उम्मेदवारमाथि भोट खरिद गरेको आरोप लगाउँदै निर्वाचन आयोगसँग तत्काल कारवाहीको माग पनि गरेका छन् । सोनु सूदकी दिदी माल्विका सूद यसै वर्ष कांग्रेसमा प्रवेश गरेकी हुन् । पार्टीले उनलाई मोगाबाट उम्मेदवार बनाएको छ । माल्विका कांग्रेसमा प्रवेश गर्नुलाई पंजाब कांग्रेसका प्रमुख नवजोत सिंह सिद्धूले गेमचेन्जर भनेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *