पुटिनसँग वार्ताका लागि बाइडेनले राखे यस्तो शर्त

डिसी नेपाल
९ फागुन २०७८ १०:१८

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन संकटका विषयमा सम्मेलनका लागि तयार भएका छन् । यो सम्मेलनको प्रस्ताव फ्रान्सले राखेको हो । ह्वाइट हाउसका अनुसार यदि रुसले युक्रेनमाथि आक्रमण नगरेको अवस्थामा मात्र यो सम्मेलन सम्भव हुनेछ । यो वार्तामा युरोपमा उब्जिएको सुरक्षा संकटका विषयमा कुनै कूटनैतिक समाधानका विषयमा प्रस्ताव राख्न सकिनेछ ।

अमेरिकी खुफिया सूचनाका अनुसार रुस युक्रेनमाथि आक्रमणको लागि तयार छ । यद्यपि रुसले भने अमेरिकाको यो दावी अस्वीकार गर्दै आइरहेको छ । अमेरिकी राष्ट्रपति बाइडेनसँग वार्ताको प्रस्ताव फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन र रुसी राष्ट्रपति पुटिनबीच फोनमा भएको कुराकानीपछि सार्वजनिक गरिएको हो । दुवै राष्ट्रपतिबीच तीन घण्टासम्म कुराकानी भएको हो ।

यो तीन घण्टाको वार्ता २ पटकमा गरेर भएको हो । दोस्रो पटक रुसी समयअनुसार सोमबार बिहान भयो । म्याक्रोनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि १५ मिनेट कुरा गरेका छन् । फ्रान्सको राष्ट्रपति कार्यालयका अनुसार सम्भावित सम्मेलनको विस्तृत विवरणको लागि बिहीबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र रुसी विदेशमन्त्री सर्गेइ लावरोभबीच बैठक हुनेछ ।

ह्वाइट हाउसले रुसले लगातार युक्रेनमाथि आक्रमणको तयारी गरिरहेको दावी गरेको छ । अमेरिकाले रुसलाई यदि आक्रमण भयो भने यसको गम्भीर परिणाम हुने चेतावनी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *