लालु यादवलाई ५ वर्षको जेल ६० लाख रुपैयाँ जरिवाना

डिसी नेपाल
९ फागुन २०७८ १४:३९

काठमाडौं। बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई झारखण्डका सीबीआइको विशेष अदालतले चारा घोटालाको पाँचौं मामिलामा पाँच वर्षको कैद र ६० लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । झारखण्डसँग सम्बन्धित चारा र पशुपालन घोटालाको यो पाँचौं र अन्तिम मामिला थियो । १५ फेब्रुअरीमा बदालतले लालुलाई दोषी ठहर गरेको थियो ।

२०१७ मा चारा र पशुपालन घोटालाको अन्य मामिलामा सजाय पाएपछि लालु यादव कूल ८ महिना जेलमा रहे र ३१ महिना अस्पतालमा रहे । ८ महिना रांचीको होटवारको बिरसा मुंडा जेलमा रहे । अहिले उनी जमानतमा बाहिर छन् । टाइम्स अफ इण्डियासँग लालुका वकिल प्रभात कुमारले भने ‘लालु यादव ३० अगष्ट २०१८ मा रांचीको रिम्स अस्पतालमा सारिएका थिए र १३ फेब्रुअरी २०२१ सम्म रहेका थिए । पछि दिल्लीको एम्समा सारिएको थियो ।’

लालुलाई गत वर्ष अप्रिलमा एम्सबाट डिस्चार्ज गरिएको थियो । त्यसपछि उनले जमानत पाएका थिए । १५ फेब्रुअरीमा चारा घोटालाको अन्तिम मामिलामा दोषी ठहर भएका उनले जेल प्रशासनबाट रिम्समा भर्ना हुने अनुमति पाएका छन् । ९० को दशकको चर्चित करोडौं रुपैयाँको पशुपालन घोटालामा सीबीआइले त्यतिबेला कूल ६६ मुद्दा दर्ता गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *