बेलायतमा कोभिड–१९ संक्रमितका लागि सेल्फ आइसोलेसनको नियम हटाइँदै

डिसी नेपाल
९ फागुन २०७८ १६:५०

काठमाडौं। कोरोनाभाइरस महामारी विश्वमा आएको २ वर्षभन्दा धेरै समय बितिसकेको छ । समय बित्दै जाँदा मासिनसहरु यो भाइरसको साथमै बााच्न र आफूलाई महामारीबाट बचाउन सिक्ने प्रयास गरिरहेका छन् । विश्वमा कोरोना संक्रमणका केसहरु घट्दै जाँदा बेलायतले कोरोनाभाइरस संक्रमितहरुको लागि सेल्फ आइसोलेसनको नियम हटाउने भएको छ ।

बेलायतमा अर्को हप्तादेखि नयाँ योजना तयार गरिनेछ । यसमा जनतालाई भाइरसको साथमा बाँच्न सिकाउनको लागि कदम उठाइनेछ । प्रधानमन्त्री बोरिस जोनसनले आइतबार कोरोना संक्रमितहरुले अर्को हप्तादेखि सेल्फ आइसोलेसनमा बस्नुपर्ने कानुनी बाध्यता नहुने घोषणा गरेका छन् । जोनसनले कोरोनाभाइरस फैलिनबाट रोक्नको लागि लगाइएका सबै कानुनी प्रतिबन्ध अन्त्य गरिएपछि बेलायती जनता आफ्नो स्वतन्त्रतालाई प्रतिबन्धित नगरी आफ्नो रक्षा गर्न सक्षम हुने बताएका छन् ।

प्रधानमन्त्री जोनसनले भने ‘कोभिड अचानक गायब हुने छैन त्यसैले हामीले यो भाइरससँग बाँच्न सिक्न तथा आफ्नो स्वतन्त्रतामा प्रतिबन्ध नलगाइ आफ्नो रक्षा गरिरहनु जरुरी छ । हामीले विगत २ वर्षदेखि यो भाइरसविरुद्ध खोप, नयाँ उपचार र राम्रो वैज्ञानिक बुझाइका साथ बाँचिरहेका छौं । कोरोनाभाइरस विरुद्धको युद्धमा खोप सबैभन्दा जरुरी छ । देशमा ठूलो जनसंख्यालाई खोप दिइसकिएको छ यही कारण अब हामी कोभिडसँग बाँच्ने योजना चलाउन सक्छौं ।’

बेलायत सरकारका अनुसार अब जनताको स्वतन्त्रतालाई प्रभावित गर्ने सबै कोभिड नियम हटाइनेछ र यसलाई सरकारी हस्तक्षेपभन्दा टाढा व्यक्तिगत जिम्मेवारी बनाइनेछ । कोभिडको रिपोर्ट पोजेटिभ आएपछि कम्तीमा ५ दिन सेल्फ आइसोलेट हुनुपर्नेअनिवार्यता अन्त्य गरिनेछ र कोरोनाभाइरसलाई फ्लुजस्तै मानिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *