अमेरिकाले रुसमाथि प्रतिबन्धको घोषणा गर्दै

डिसी नेपाल
१० फागुन २०७८ ११:१२

काठमाडौं। युक्रेनमा रुसको ताजा कदमपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक चलिरहेको छ । अमेरिकाले मंगलबार रुसमाथि प्रतिबन्धको घोषणा गर्न सक्ने संकेत गरेको छ । अमेरिकाले रुसमाथि अझै धेरै आर्थिक प्रतिबन्ध लगाउने योजना बनाइरहेको छ । यी नयाँ प्रतिबन्धबारे मंगलबार घोषणा गर्न सकिनेछ ।

ह्वाइट हाउसको एक रिपोर्टका अनुसार मस्कोको नयाँ आदेश र कारवाहीको जवाफमा अमेरिका रुसमाथि नयाँ प्रतिबन्ध लगाउने योजना बनाइरहेको छ । यसको घोषणा मंगलबार गरिनेछ । ह्वाइट हाउसका एक प्रवक्ताले भने ‘हामी ती प्रतिबन्धबारे आफ्ना सहयोगी देश र भागीदारहरुको सम्पर्कमा छौं र आपसी कुराकानी गरिरहेका छौं ।

अमेरिकाले लगाउने प्रतिबन्धहरु वित्तिय हुन सक्ने अनुमान गरिएको छ । ह्वाइट हाउसबाट जारी एक बयानमा भनिएको छ ‘राष्ट्रपति बाइडेनले छिटै एक आदेश जारी गर्नेछन् जसले अमेरिकी नागरिकलाई युक्रेनको दोनेत्स्क र लुहांस्क क्षेत्रमा नयाँ लगानी र व्यापार गर्न प्रतिबन्धित गर्नेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *