अवैध कल सेन्टर सञ्चालक चिनियाँ नागरिकसहित ८० जना पक्राउ

डिसी नेपाल
१० फागुन २०७८ १८:३४
204
Shares

भक्तपुर । सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर सञ्चालन गरेको अभियोगमा सोही ठाउँस्थित सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनावसहित ८० जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतीय मुलका युवा युवतीहरूलाई छोटो समयको लागि कुनै सिस्टममार्फत ५ देखि १० हजारसम्म सानो सानो मात्रामा ऋण लगानी गरी निश्‍चित ब्याजसहित तोकिएको समयभित्र उठाउन ऋणिहरूलाई कल सेन्टरमार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त घरबाट ४७ जना महिला र ३३ जना पुरुष गरी ८० जनालाई पक्राउ गरेको हो । उक्त कार्य सञ्चालन गर्न प्रयोग भएका १४ थान डेस्कटप कम्प्युटर, ४८ थान ल्याप्टप र २ थान आइप्याड प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *